July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

चौपायबाट पिडित किसानले बुझाए नगरप्रमुख शाहलाई ज्ञापन पत्र

कृष्णनगर, पुस ८

कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्र भित्रमा विकराल समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको माग गदै कृष्णनगरका स्थानीय किसानले नगर प्रमुख रजत प्रताप शाहलाई ज्ञापन बुझाएका छन् । नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमान सहित स्थानीयको टोलीले शुक्रवार नगर प्रमुख शाहलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

छाडापशु चौपायाले यस क्षेत्रमा दिनानुदिन सडक दुर्घटना, बजार सौन्दर्य बिग्रेको र सम्पूर्ण किसानहरुले लगाएको बालीनाली पूर्ण रुपमा नोक्सन गरी भोकमारीको समस्या भइरहेको नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

छाडा पशुचौपाया समस्यालाई मध्यनजर गरी यसको दिर्घकालिन समाधानको लागि ज्ञापन पत्रद्धारा समितिले माग गरेको छ । छाडा चौपायाले हामी किसानले लगाएको अन्नबाली खाइदिनुका साथै बाटोघाटो हिँडडुलमा समेत दुर्घटना बढेको छ । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका किसानरुले छाडा चौपाया व्यवस्थापन गर्न नगर समझ जोडदार माग गरेका छनत ।

छाडा चौपाया नियन्त्रण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएकाले यसको व्यवस्थापनका लागि अनुरोधका साथै उचित ब्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय तौलिहवा, जिल्ला प्रहरी कार्यालय र कृष्णनगर नगरपालिकाका सम्पुर्ण वडालाई बोधार्थको रुपमा ज्ञापन पत्र बुझाइएको छ ।