राैतहट, ८ मंसिर
पूर्व मन्त्री प्रभु साह चाैथाे पटक विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार साह प्रतिनिधिसभा सदस्यमा राैतहट क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् ।
३२ हजार ४ सय ३७ मतसहित साह विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माहागठबन्धका उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २ सय मत पाए ।
माओवादी केन्द्रका रवीन्द्र पटेलले भने ८ हजार ५ सय ५८ मत प्राप्त गरे । साह करिब ७ भन्दा बढी मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जयसवाल भन्दा ७ हजार २ सय ३७ मतान्तरले विजयी बनेका हुन् ।
साह चौथो पटक सांसद बनेका हुन् । ०६४ र ०७० मा राैतहट ३ बाट संविधानसभा सदस्य बाट विजयी भएका उनी ०७४ मा पनि यसै क्षेत्र बाट विजयी भएका थिए ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र