July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा चुनाव सम्पन्न,३ राउण्ड गोलि चल्यो,कुल ६५ प्रतिशत मत खसेको

रौतहट,४ मंसिर
मंसिर ४ गते आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि भएको निर्वाचन रौतहटमा छिटफुट घटना बाहेक शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ। क्षेत्र ३ मा भने दिनभरी प्रायः ठाउँ ठाउँमा झडप भएको छ। कतै फर्जी मत हाल्न त कतै मतदातालाई मतदान गर्न बाट बन्चित गराउन खोज्दा भएको झडप लाई साम्य पार्न प्रहरीले ३ राउन्ड हवाईफायर समेत गरेको छ । समग्रमा रौतहटको ४ वटै निर्वाचन क्षेत्रमा गरि कुल ६५ प्रतिशत मात्र मतदान भएको छ। आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचन रौतहटमा शान्तीपूर्णरुपमा समपन्न भएको छ ।
क्षेत्र नम्बर ३ को गरुडा नगरपालिका महमदपुर,पोठियाही,र अमरपटी टोलमा दिनभरिनै अवस्था तनावग्रस्त बनेको थियो । नेपाल प्रहरी सशस्त्र प्रहरी तथा नेपाली सेनाको सक्रियताले त्यहाँ निर्वाचन भएको छ । तर अधिकांश मतदाता मतदान बाट बन्चित रहेका छन । त्यसैगरी गरुडा नगरपालिका पोठियाही गाउँमा भने बिहानै देखि गठबन्धनका कार्यकर्ताहरु उत्पात मचाएका थिए । मतदान गरेर फर्किएका युवाहरु पुनः लाईनमा बसेर बामपंथी मतदाता लाई पटकपटक गाली बेईजती गरेका थिए । घटनाको खबर पाई त्यहाँ पुगेका उमेदवार प्रभु साहको प्रतिनिधि त्रिभुवन साह चढेको गाडी र भरत साह चढेको गाडीमाथी उनीहरुले आक्रमण गरि दुबै गाडीमा क्षति पुर्याएका छन । त्यस्तै गरुडाको अमरपटी गाउँमा आउने मतदाता माथि दिनभरि आक्रमण भएको छ। अमरपटी बिधालयमा पोठियाही गाउँ बाट आउने मतदाता लाई उनिहरुले दिउसो सम्म बुथ सम्म छिर्न दिएका थिएनन। दिउसो १ बजे संचारकर्मीको टोलि अमरपटी गाउँमा पुगेपछि केही मतदाता सशस्त्र प्रहरी को सहयोगमा मतदान गरेका थिए । तर त्यहाँ पनि अधिकांश मतदाता मतदान बाट बन्चित रहेका छन । समग्रमा जिल्लाको चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । बिहान ७ बजे शुरु भएको मतदानमा स्थानियको सहभागीता यस अघिको स्थानिय तहको निर्वाचन भन्दा कम देखिएको छ । स्थानिय तहको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदान भएको रौतहटमा प्रतिनिधि र प्रदेश सभाका लागी ६५ प्रतिशत मात्र मतदान भएको छ ।
जिल्ला भरी सुरक्षाकर्मीको बाक्लो उपस्थीतीका कारण कतै पनि अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निर्वाचनमा अवरोध हुन नदिन रौतहटको गुजरा र गरुडा नगरपालिकामा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । छिटफुट वादविवाद बाहेक जिल्लामा शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको सिडियो कृष्ण बहादुर शाहीले बताए । मतदान केन्द्रहरुबाट सुरक्षित रुपमा मतगणना स्थलमा मतपेटीका ल्याने क्रम जारी रहेको उनले बताए ।
निर्वाचन सुरक्षाका लागी जिल्लाभरी करीब ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रौतहटका ४ वटै क्षेत्रमा मतगणना आजै राति बाट शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । चारवटै निर्वाचन अधिकृतको कार्यलयमा मतपेटिकाहरु ढुवानी भए पश्चात सर्वदलिय बैठक गरेर आजै रातिबाट मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।