जनकपुरधाम – मधेस सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी सप्तरी १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टीमा उम्मेदवार साह जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाइलाई पराजित गर्दै निर्वाचित भएका छन्।
साहले २३ हजार ५६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत ल्याएका हुन् ।
यस्तै, पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामदेव साह तेलीले १४ हजार ३१२ मत ल्याए।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार