८ मंसिर, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । नेकपाको विग्रहपछि ओलीले यो पहिलो पटक प्रचण्डलाई फोन गरेका हुन् ।
फोनमा उनले प्रचण्डलाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।
ओलीले आफूहरुलाई टाढा पार्ने शक्तिहरुको जित भएको र अब मिलेर अगाडि बढ्नु पर्ने फोनमा बताएका थिए । उनले अगाडिको बाटोबारे मिलेर बसेर छलफल गर्न पनि अनुरोध गरेका छन् ।
प्रचण्डले चाहिँ अहिले आफूहरु गठबन्धनमा भएको र अबको परिस्थिति कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आफू तयार भएको जवाफ दिएका छन् । फरकधार
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे