May 22, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कांग्रेसका रामकृष्णले मतान्तर घटाए

मंसिर ७, २०७९,जनकपुरधाम ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार रामकृष्ण यादवले मतान्तर घटाएका छन् । अहिले उनी नेकपा एमालेका उमाशंकर अरगरियासँग २२१ मतले पछाडि छन् । उमाशंकरले आठ हजार २०७ मत ल्याएका छन् भने रामकृष्णले सात हजार ९८६ पाएका छन् ।

जसपाका गंगाराम यादवले पाँच हजार ५८५, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले ६ हजार ९०३ र जनमत पार्टीका जयनारायण साहले चार हजार ३३५ मत ल्याएका छन् ।
बाह्रखरी