अहिलेसम्म चार वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।
अहिलेसम्म चितवन-१ र २, ललितपुर ३ र सुनसरी २ मा घन्टीवाहक उम्मेदवार अग्रता लिइरहेका छन्।
चितवन १ मा हरि ढकाल, २ मा रवि लामिछाने, ललितपुर-३ मा तोसिमा कार्की र सुनसरी २ मा लालविक्रम थापाले अहिलेसम्म अग्रता कायम राखेका छन्।
कास्की, रूपन्देही, झापालगायत ठाउँमा सुरूमा अग्रता लिएका घन्टीवाहक उम्मेदवार पछिल्लो समय पछि परेका छन्।
अहिलेसम्म काठमाडौं-२, ६,७ र ८ मा घन्टीवाहक उम्मेदवार जित हात पारेका छन्। सेतोपाटी संवाददाता
More Stories
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त
व्यक्तिगत रिसिइवी साध्न सरकारी सम्पत्ती तोडफोड गरेर अरुलाई फसाउने नियत देखियो मेयर अम्ब्या खातुनको
धनुषाको विद्यालयहरुमा शिक्षक दरबन्दीको चरम अभाव