सप्तरी, ७ मंसिर
सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएकाे थियो ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार