७ मंसिर, बुटवल
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका वसीउद्दीन खाँ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी भएका हुन् । खाँले ११ हजार ३ सय ५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले ८ हजार २ सय ६५ मत पाए भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिए । खाँ २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेकाले खाँलाई विजयी घोषणा भने गरिएको छैन । क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार