September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

६० बर्षमा कसैले गर्ननसकेको काम मैले ३ बर्षमा पूरा गरेकाले क्षेत्रबासिले मलाई फेरि जिताउंछन् प्रभु साह रौतहट,१ मंसिर

रौतहट,१ मंसिर
पुर्वमन्त्री तथा सतागठबन्धनको समर्थन पाएका रौतहट ३ का संघीय सांसदका स्वतन्त्र उमेदवार प्रभु साहले कसैले ६० बर्षमा गर्ननसकेको काम आफुले ३ बर्षमै पूरा गरेकाले क्षेत्रबासिले फेरि जिताउनेमा बिश्वस्त रहेको बताएका छन ।
अगामी ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज चुनावीसभालाई संबोधन गर्दै क्षेत्र ३ लाई समृद्ध बनाउन मैले गरेको विकास निर्माणको कामको मुल्यांकन गरेर अगामी ४ गते क्षेत्रबासी जनताले आफू र आफ्नो टिमका उमेदवार प्रदेशसभा क का केश्वराय चौधरी र ख का कुन्दन कुश्वाहालाई मत दिएर बिजयी गराउनेमा बिश्वस्त रहेको पुर्वमन्त्री साहले बताएका छन । २०७४ को निर्वाचनमा क्षेत्रबासिले आफूलाई ५ बर्षको निमित्त संघिय सांसद बनाएका थिए तर दलगत लडाइँमा सांसदपद ३ बर्षमै गुम्दा पनि सानो अवधिमै उदाहरणिय काम गरि क्षेत्र ३ को पुरै प्रदेशमस छुट्टै पहिचान बनाउन सफल भएको उनलेे जिकिर गरेका छन । सानो अवफ्हिमै क्षेत्रमा बिकासको बर्षा भएको छ । आफू सहरीविकास मन्त्री हुंदा क्षेत्र ३ का साथै समग्र रौतहटमा करोडौंको योजना स्वीकृत गरेको संघिय सांसदका उमेदवार प्रभु साहले मौलापुर चिरचिरिया स्थित चुनावीसभालाई संबोधन गर्दै बताएका छन । १२ करोडको लागतमा जंगल्सहिया धनसर रोडमा कालोपत्रे निर्माण भैरहेको , ५ करोडको लागतमा टिकुलिया, कर्कच कटहरिया सडकखण्डमा कालोपत्रे निर्माणाधीन , २० करोड लागतमा मालाही कटहरिया,सन्तपुर सडकमा कालोपत्रे निर्माण , १२ करोडको लागतमा सोही रोडमा लचका र पुल निर्माण भएको छ। त्यसैगरी ७ करोडको लागतमा कटहरिया झांझपुल सडकको कालोपत्रे टेण्डर ,१२ करोडको लागतमा कटहरिया ४ र ५ मा खाने पानि योजना को काम, एसियाली विकास बैंकको ५६ करोडको टेण्डरमा दुबै वडामा ढल तथा नाला निर्माणको काम भैरहेको छ। अस्पताल भवन निर्माणको टेण्डर २० करोड , कटहरियामा ५ करोडको लागतमा बिवाह भवन निर्माण , कटहरिया २ छेदिचौक बजारमा २८ करोडको टेण्डरमा कोल्डस्टोर निर्माणको काम भैरहेको पुर्वमन्त्री समेत रहेका प्रभु साहले बताएका छन । लालबकैया नदिमा पटकपटक बाढी आएर बांध भत्काउंदा २० करोडको लागतमा नदि नियन्त्रणको काम , बाल्चनपुर जंगलसहिया,दुधिअवा सडकमा कालोपत्रे ,डुमरिया,परसवा कालोपत्रे ,कटहरिया बिर्ती जमुनियामा कालोपत्रे लगायत क्षेत्रमा ३०० किलोमीटर बाटो निर्माण ,६० किलोमिटर नया बाटो खोलिएको उनलेे बताएका छन । क्षेत्र अन्तर्गत बहादुर , जमुनिया डुमरिया बगही , लागतको टोलमा २० करोड को नाला सडक ढलान सहित झन्डै ५ अर्बको कार्य हरु मैले गरेको बताएका छन । पुर्व मन्त्रि प्रभु साह ले भने कतिपय कार्यहरु कांग्रेशी ठेकेदार को कारणले ढिलो काम भइरहेको छ। अहिले कटहरिया को बाटो घाटो बिकास हुदा बिरगनज , कलैया , गौर , सहर हरुमा जान मा सजिलो छ। म फेरी निर्वाचित भएपछि कटहरिया लगायत रौतहट लाई मोडेल को रुपमा बिकास गर्ने प्रतिबध्ता गर्दछु। त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए । मौलापुरमा ७५ बिगहा क्षेत्रफल जग्गामा ल्याण्डपुलिङ गरि नयासहर निर्माणको सुरुवात भएको छ। क्षेत्र अन्तर्गत कैयौं बिधालय मा प्राबिधिक शिक्षा ,मौलापुरमा ईन्जिनियरिंग पढाइ,धरहरिमा नर्सिङ पढाई सुरुवात भएको छ। फतुवा बिजयपुरमा बिवाहभवन निर्माण ,सहिद पार्क निर्माण ,त्यसैगरी सिचाइमा पनि उल्लेखनीय काम भएको उनलेे जानकारी दिएका छन । चुनावीसभामा प्रदेश सभा सदस्य सतन्त्र उमेद्वार कुन्दन कुसवाह, , पुर्व राज्य मन्त्रि नेकपा मावबादीको केन्द्रिय सदस्य सत्यरायन भगत बिन , न्यु बर्तमान सांसद समिना हुसेन , नेकपा मावबादी केन्द्र को केन्द्रिय सदस्य वहिद अंसारी , नेकपा मवाबादिको महिला नेत्री कमला पाण्डे , सवतन्त्र जिताउ अभियान रौतहट सयोजक त्रिभुवन साह , मेयर प्रत्यासीहरु बिजय यादव निर्बिज , छोटेलाल चौधरी , एकरामुल हक,अजय यादव ,अर्बिन्द यादव ,अजय तिमल्सिना , राम प्रबेश दास, लगायतका बक्ताहरुले देशलाई अग्रगमन तर्फ लैजान तथा समग्र विकासको निमित्त साझा उमेदवार प्रभु साहलाई बिजयी गराउन क्षेत्रबासी संग आग्रह गरेका छन ।