July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

तस्बिरमा स्वतन्त्र उम्मेदवार रवि जयसवालको घरदैलो कार्यक्रममा जनता पक्षमा

रौतहट, २४ गते कात्र्तिक
रौतहट–४ ख बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रवि जयसवालले आफनो प्रचारप्रसारलाई निरन्तरता दिइएका छन् ।
रौतहट–४ ख बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका शेष सतार र एमाले–जसपाका फुलबाबु सहितका उम्मेदवारहरुसँग प्रतिस्पर्धामा उत्रिएका जयसवालले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको बताएका छन् ।
जिप छाप चुनाव चिह्न लिएर मैदानमा उत्रिएका उनी ‘वैचारिक र सैद्धान्तिक रुपले तयार हुँदै अब उठ्ने पालो यूवा उम्मेदवारको’ नारा लिएर मतदाताकोमा पुगेका छन् ।

मंसिर ४ गते हुने निर्वाचनको मिति नजीकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारहरु पुगिरहँदा स्वतन्त्र उम्मेदवार जयसवाल पनि गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन् । निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न जयसवाल आफनो एजेन्डासहित आफनो क्षेत्रभरीको गाउँगाउँ पुगेका हुन् ।
उम्मेदवार जयसवाल घरदैलो गर्ने क्रममा आज गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीका मतदाता माझ पुगेका थिए । आफू प्रति आम मतदाताको आकर्षण बढदै गएकोले निर्धक्क भएर जिप छापमा मतदान गर्न अनुरोध गरेका थिए ।