राम प्रबेश बैठा ,रौतहट,कार्तिक २६ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा सही उम्मेदवार छानौं,हाम्रो होइन्,राम्रो चुनौं भन्दै रौतहट क्षेत्र नम्बर ४ ख का स्वतन्त्र उम्मेदवार रवि जयसवालले आम मतदाता सँग अपिल गरेका छन् । घरदैलोपछि आयोजित चुनावी कोण सभालाइ सम्बोधन गर्दै जयसवालले यस्तो बताएका हुन् ।
कोण सभालाइ सम्बोधन गर्दै जयसवालले नेता चुनाव जितेपछि राम्रो काम गरेको भए घरदैलो गर्नुपर्ने आवश्यकता नै नरहेको प्रष्ट पारे । क्षेत्र नम्बर ४ नम्बर विकासको मामलामा सबभन्दा पछाडी परेको दाबी गर्दै घरदैलोको क्रममा जादा दलका उम्मेदवारहरु प्रति जनताको आक्रोश रहेको बताए ।
त्यसैले यसपाली जनता परिवर्तनको मुडमा रहेको प्रष्ट सँग बुझन सकिन्छ भने । चुनावी जित्ने छाँटकाँट नभएपछि विभिन्न दलहरुले गठबन्धन गरेका छन् तर मतदाताले गठबन्धन गरेका छैन्न् । मतदाता विकास गर्ने मतदाता चुन्ने पक्षमा रहेको दाबी गरे ।
समाजमा रहेको दहेज प्रथालाइ समेत निर्मूल पार्ने आफनो उदेश्य रहेको बताए । अगामी मंसिर ४ गते आफनो क्षेत्रको २४ जना उम्मेदवारहरु मध्ये राम्रो उम्मेदवार चुन्न मतदाताहरु लाइ अनुरोध गरेका छन् । म भन्दा पनि राम्रो उम्मेदवार भए वहाँ लाइ नै भोट दिनुस । यदि राम्रो उम्मेदवार छैन् भने आफनो भोट खेर नफालौं, आफनो चुनाव चिन्ह जिप छापमा मतदान गरी जित दिलाउन आग्रह गरेका छन् ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह