रूपेश यादव,राैतहट,कार्तिक २७ गते
राैतहटकाे फतुवा बिजयपुरमा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित एक जना स्थानीयकाे फुसकाे घरमा शनिबार दिउँसो ३ बजे आगजनी भएको हाे ।
स्थानीय ईनरजित राय यादवकाे घरमा लागेकाे आगाे बाट घरमा रहेकाे लत्ताकपडा,अन्नपात,भाँडाकुँडा ,गरगहना, खाने चामल सहित करिब ५ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको पिडित परिवारले जनाएको हाे ।
लामखुट्टे धपाउनकाे लागि बालिएकाे घुरबाट आगाे सल्किएर आगजनी भएको पिडितकाे भनाई रहेकाे छ । स्थानीय र प्रहरीकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिईएकाे थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय