राैतहट, २६ कात्तिक । राैतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली काँग्रेस पार्टीबाट उम्मेदवारी दिएका डा.फिरदाेस आलमले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रुपमा रुपान्तरण गर्ने बताएका छन् ।
सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरुको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए ।
चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसदमा प्रतिनिधिको रुपमा पठाउनुपर्ने उम्मेदवार आलमले बताए । शुक्रबार आलमले आफनाे निर्वाचन क्षेत्र अन्तर्गत पर्ने ईशनाथ नगरपालिका बिभिन्न वडा पलटुआ र जयनगर गाउँमा घरदैलोकाे गरेका छन् । आफनाे पक्षमा मतदान गर्न उनले आममतदाता लाई आग्रह गरे ।मतदाताले अबको हाम्रो सांसद काँग्रेसका उम्मेदवार डा.आलम नै भएको भन्दै उनलाई विजयी बनाउन आफूहरु अन्य स्थानमा पनि मत माग्दै हिँड्ने प्रतिक्रिया दिए ।मतदातासँग भेट गर्दै आउँदो निर्वाचनमा गाछी छापमा मतदान गर्न आह्वान गरे ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।