तु राम प्रबेश बैठा राैतहट,२६ गते कार्तिक
नेपाल पत्रकार महासंघ जिल्ला शाखा राैतहटको १२ औं बार्षिक साधारणसभा आज शनिवार मत्सरीमा जारी रहेको छ । कार्यक्रमम नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष प्रेमचन्द्र झाको सभाध्यक्षतामा भएको हो ।
दुर्गाभगवती गाउँपालिकाकाे वडा नम्बर ३ काे कार्यालय प्रांगणमा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा महासंघका केन्द्रीय अध्यक्ष पिपुल पाेखरेल रह्नु भएको थियाे भने विशिष्ट अतिथिकाे रूपमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,महासंघका केन्द्रीय सचिव गाेबिन्द चाैलागाई,केन्द्रीय सदस्य केसी लामिछाने लगायतका व्यक्तिहरू रह्नु भएको थियाे ।
कार्यक्रममा सहभागी पत्रकारहरुले महासंघ सबै पत्रकारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउनु पर्ने बिषयमा जोड दिएका छन् । साथै आसन्न मंसिर ४ गते हुने निर्वाचनकाे बारेमा रिपोर्टिङ गर्दा आचारसंहिता लाई ध्यानमा राखि समाचार प्रकाशन र प्रसारण गर्न वक्ताहरूले अनुराेध गर्नु भएको थियाे । कार्यक्रममा सहभागी अतिथिहरू लाई दुर्गाभवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले मायाकाे चिन्हाे प्रदान गर्नु भएको थियाे ।
कार्यक्रम लाई समापन गर्दै महासंघका जिल्ला अध्यक्ष प्रेमचन्द्र झाले कार्यक्रममा सहभागी भई दिनुहुने सम्पूर्णजनामा लाई हृदय देखि हार्दिक अभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियाे । साथै कार्यक्रमकाे खुलासत्र समापनकाे घाेषणा गर्नु भएको थियाे । साधारणसभाकाे बन्द सत्र जारी रहेकाे बुझिएको छ । अवसरमा वडा अध्यक्ष धर्मेन्द्र झा,प्रेस चाैतारीका मधेस प्रदेश अध्यक्ष फणि महत लगायत जिल्ला भरीका पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान