July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बाैधीमाईकाे सरमुजवा स्वास्थ्य चाैकीमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

,राैतहट,कार्तिक
राैतहटकाे दक्षिणी भेग बाैधीमाई नगरपालिकाकाे सरमुजवा स्वास्थ्य चाैकीमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । मधेस प्रदेशमा समावेशी लाेकतन्त्रका लागि नागरिक सशक्तीकरणकाे प्रबर्द्धन मूल नाराका साथ नागरिक सक्रियता परियाेजना अन्तर्गत साे सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको हाे ।

बाैधीमाई नगरपालिकाकाे वडा नम्बर ८ स्थित रहेको सरमुजवा स्वास्थ्य चाैकीबाट प्रवाह हुने विषयमा सार्वजनिक सुनवाइ गरिएकाे थियाे । सरमुजवा स्वास्थ्य चाैकीकाे आयाेजना तथा नेपाल सरकार,युरापियन युनियन, आसमान नेपाल तथा वेल्ट हंगर हिल्फको सहयोग एवं वातावरण तथा बाल विकास परिषद रौतहट ( ECDC ) को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।

आसमान नेपालकाे सहयाेगमा भएको कार्यक्रम ईसिडिसि संस्थाले सहजिकरण गरेको थियोे ।

स्वास्थ्य चाैकीकै सभाकक्षमा भएको कार्यक्रमकाे अध्यक्षता साेही वडाका वडा अध्यक्ष विन्देश्वर यादवले गर्नु भएको थियाे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नगर उप प्रमुख प्रमिला देवि जयसवाल रहनु भएको थियाे । कार्यक्रममा इसिडिसिका सहजकर्ता जितेन्द्र यादवले सहजिकरण गर्नु भएको थियाे ।

कार्यक्रममा स्वास्थ्यचौकी ईन्चार्ज रामाशंकर दासले आफ्नो स्वास्थ्य संस्थाबाट दिएका विभिन्न सेवाहरु बारे प्रष्ट पारेका थिए । जसअन्तर्गत गत आर्थिक वर्षमा जन्मेदेखि नमरुन्जेल सम्मका सम्पूर्ण बालबालिका, युवा लगायत ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान लगायत
काे विषयमा जानकारी गराएका थिए ।

सार्वजनिक सुनवाइमा सहभागी भएका स्थानीयहरूले सरमुजवा स्वास्थ्य चाैकी बाट प्राप्त हुने सेवा सुविधाकाे सम्बन्धमा गुनासाे राखेका थिए । उनीहरूले स्वास्थ्य चाैकी समयमा नखुलने गरेकाे,आैषधीकाे अभाव,एम्बुलेन्स व्यक्तिकाे कब्जामा रहेकाे, अल्ट्रासाउन्ड,युपिएस, एमबिबिएस डाक्टरकाे व्यवस्था नभएको लगायतका गुनासो राखेका थिए ।
ती सबै गुनासोहरूकाे जवाफ सरमुजवा स्वास्थ्य चाैकीका ईन्चार्ज रामाशंकर दासले दिनु भएको थियाे । साे अवसरमा ईसिडिसिका कार्यक्रम संयाेजक सनिल काेईराला,वडा नम्बर ९ का वडा अध्यक्ष मुक्ति नारायण मिश्र,वडा सचिव वाल्मीकि प्रसाद चन्द्रवंशी,स्वास्थ्य संयाेजक तारकेश्वर प्रसाद पटेल,कार्यपालिका सदस्य सुनिल प्रसाद जयसवाल, सिअहेव कस्तुभमनी साह,समाजसेवी रमेश जयसवाल सहित स्वास्थ्य चाैकीका कर्मचारी,स्वंयमसेविकाहरू र स्थानीयहरूकाे सहभागीता रहेकाे थियाे ।