रौतहट २१,कार्तिक ।
रौतहट क्षेत्र नम्वर ४ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार रवि जयसवाल प्रति दिनप्रतिदिन जनलहर बढ्दै गएको छ ।
बृन्दाबन वडा न.४ मा सोमबार भएको घरदैलोमा मतदाताको उपस्थितिले रवि जयसवाल प्रतिको जनलहर बढेको देखाएको हो ।
स्वतन्त्र उम्मेद्वार रविप्रति मतदाताको भरोसा बढ्नुका साथै जयसवालको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यहाँका मतदाताहरु बताउँछन् ।
अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार जयसवालको विकल्प नभएको बताउँदै मतदाताहरुले जयसवाललाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।
बृन्दावन वडा न.४ हरैया-पल्टुवा र आमटोलका मतदाताको घरदैलोमा पुगेर स्वतन्त्र उम्मेद्वार जयसवालले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई जिप छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
अहिले दलका नेताहरु विभिन्न प्रलोभन दिँदै गाउँगाउँ आउने हुँदा उनीहरुको चिप्ला कुरामा नफस्न र परिवर्तनका लागि साथ दिन मतदातासँग उनले आग्रह गरे । घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी