April 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

२८ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ

आज थप २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना सङ्क्रमित भेटिएका हुन् । आज निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ ।

योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ रहेको छ ।