रौतहट , २० कार्तिक
गरुडामा लामखुटेको टोकाईबाट फैलेको डेंगु नियन्त्रणका लागि ‘एयर स्प्रे’ शुरु गरिएको छ। काठमाडौं ओरेन्ज बल प्राइभेट लिमिटेड बाट आएका एक्सपर्ट सहितको विशेष प्राविधिक टोलीद्वारा एयर स्प्रे’ गरिएको हो। गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले आफ्नो नगरको सम्पुर्ण नगरबासिको जनधनको मध्यनजर गर्दै लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रण गर्न आज देखि ९ वटै वडामा ‘एयर स्प्रे’ शुरु गरेका हुन्। गरप्रमुख जैसवालले ईको सिस्टम तथा मानवीय हिसाबले पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिए। उनले फगिंग गर्ने समयमा आ-आफ्नो घरको झ्याल ढोका वन्द गरि सहयोग गर्न आग्रह गरे। नगर प्रमुख जैसवालले आज आफ्नो हातबाट उक्त प्रविधिको उद्घाटन गरेका हुन्। ईलाका प्रहरी कार्यालय गरुडाबाट फगिंग शुरु गरिएको हो । उक्त कार्यक्रममा नगर उप प्रमुख पुनम चौधरी , नियमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु याद,ई.प्र.का गरुडाका डिएसपी बरुण बहादुर सिंह र वडा नं ४ को वडा अध्यक्ष सुनिल जैसवाल साथै सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार