July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ओलीलाई भीम रावलको प्रश्न– म ६७ वर्ष लागेकोलाई बुढो भन्ने आफू ७० कटेर पनि तन्नेरी ?

शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुरको महेन्द्रनगरमा एक चुनावीसभामा सहभागी हुँदा नेता भीम रावलको खोजी भयो । ओलीले सम्बोधन गरिरहेका बेला एक जनाले ‘कमरेड भीम रावल खोई ?’ भन्दै प्रश्न गरे ।

यो प्रश्नपछि आक्रोशित भएका ओलीले भने– भीम रावलको तपाईंलाई किन चिन्ता ? ४८ सालदेखि मुख खाली छैन । बुढो भइसक्नु भयो । बेकार किन भीम रावलको चिन्ता ? अरुलाई पालो दिनुपर्दैन ?’

रावललाई अछामबाट सर्वसम्म उम्मेदवारमा सिफारिस भए पनि ओलीले टिकट नदिएपछि महेन्द्रनगरमा उनको खोजी भएको थियो । ओलीले रावललाई बुढो भनेपछि शनिबार रावलले ओलीलाई प्रतिप्रश्न गरेका छन्– म ६७ वर्षलागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष कटेका ओलीजी फेरि सांसद र प्रधानमन्त्री बन्न कसरी तन्नेरी ?

रावलले २०४८ सालदेखि ओलीले पनि मुख खाली नगरेको भन्दै महेन्द्रनगरमा ओलीले आफ्नो मनमा रहेको क्रोध, बदला उदांग गरेको टिप्पणी गरेका छन् ।  शिलापत्र संवाददाता