July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

देउवाले भने ‘डडेल्धुरामा अब हवाईजहाज आउछ’

डडेल्धुरा,कार्तिक १९, २०७९

प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । गृह जिल्ला डडेल्धुुराको अजयमेरु गाउँपालिका भद्रपुरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले पहिलेको तुलनामा धेरै विकास भएको बताउदै भने, विकास गर्नु मेरो कर्तव्य हो । अझै विकास गर्छु । डडेल्धुरालाई झन सम्पन्न जिल्ला बनाउने लक्ष्य छ ।

‘डडेल्धुराका धेरैले हावाई जहाज चाहियो भन्नुभएको छ ।’ उनले भने, ‘हवाई मैदानकाल लागि सम्भाव्यता अध्ययन भईरहेको छ । डडेल्धुरामा हवाई जहाज ल्याएरै छोडिने छ ।’ उनले थपे, ‘खानेपानिको अभाव रहेका गाउँहरुमा पानी पु¥योएरै छोड्ने प्रतिबद्धता गर्न चाहान्छु । सतकट्टा भद्रपुर खानेपानि योजना छ । यहाँ सतकट्टाबाट पानि आउछ भन्ने सुनेको छु । पानि ल्याउने विश्वास दिलाउन चाहान्छु ।’
उनले भद्रपुर माविमा पक्कि भवन बनाउने, लामो पर्खाल बनाई घेरबार गर्ने विश्वास दिलाउन चाहेको बताए । ‘भुलकुडा–मगराउ सडक बनाउने विश्वास दिलाउन चाहान्छु ।’ उनले भने ।

उग्रतारा मेलौली पर्यटकिय सडकको स्तोन्नती गर्ने काम भईरहेको उल्लेख गर्दै उनले भने, ‘यो सडक उग्रताराबाट देवल सम्म पुगेको छ । कालोपत्र नै गर्ने भन्ने छ । भईरहेको पनि छ । यो पुरा हुन्छ ।’

प्रधानमन्त्री देउवाले खगराज भट्ट माओवादी केन्द्र सुदूरपश्चिमको नेता भएो उहाँलाई जिताउनुभयो भने सुदूरपश्चिमको विकास पुरा हुने बताए । स्थानीयले उपचार नपाएर ज्यान गुमाउनु परेको अवस्था रहेको उल्लेख गर्दै उनले डडेल्धुरा मेडिकल कलेज बनाएर उपचार यही हुने बताए । ‘चिकित्सा बिषयको अध्ययन डडेल्धुरामै हुने छ ।’ उनले भने, ‘अब पढाई गर्न कहि कतै जानु पर्दैन, भारतका विभिन्न शहर लगायत काठमाडौँ जानु पर्दैन अब यहाँका स्थानीयहरुले ।’

डडेल्धुरा जिल्ला जति सुन्दर छ त्यती धेरै विकास गरेर अझै सुन्दर बनाउने योजना रहेको उनले सुनाए । प्रधामन्त्रीलाई लागेको रहरको भरमा संसद भङ्ग गर्न नमिल्ने भन्दै उनले भने ‘प्रधानमन्त्रीलाई राम्रो लागेन भने अलिकति आलोचना भयो भन्दैमा संसद भंग गर्न पाईदैन ।’
केपी शर्मा ओलीलाई प्रधामन्त्रीबाट हटाएर जनताले चुनेका प्रतिनिधि संसदलाई सभा भंग गर्ने परम्परालाई हटाएको उनले बताए । ‘ओलीले दुई पटक संसद भङ्ग गरे पछि यो अति भयो भनेर अदालत गयौ ।’ उनले भने, ‘संविधानको ब्याख्या गर्दा अन्याय भयो भनेर हामिले हटाएका हौ । ओली संग रहेका धेरै नेता हामी संग आउनुभयो । मलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँहरु लाई धन्यवाद ।’ चुनावमा मात्रै गठबन्धन गरिएको होईन भन्दै देउवाले अबको सरकार गठबन्धन गरेर बनाउने पनि बताए । राजधानि