नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने बताएका छन् । एमाले सरकारमा गएपछि सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उनले आश्वासन व्यक्त गरे ।
रुपन्देही क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेन्डा एमालेसँग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै बहुमत दिने दावी गरे ।
शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनका दलहरूमा देशलाई सही नेतृत्व गर्ने नेता र क्षमता नभएकाले बहुमत जनता एमालेकै पक्षमा रहेको उल्लेख गरे ।
यसअघिको एमाले सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिन सबै काम अन्तिम चरणमा पुर्याएका बेला सरकार ढालिएको भन्दै उनले गठबन्धन सरकारका कारण सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा अवरोध पुगेको बताए ।
देशलाई सही मार्गमा हिँडाउन, राष्ट्रियता जोगाउन तथा विकास र समृद्धि हासिल गर्न एमालेको जित अनिवार्य रहेको नेता विश्वकर्माले बताए । रातोपाटी
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार