काठमाडौं,शुक्रबार, कात्तिक १८, २०७९
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्म मात्रै गठबन्धन रहने ठोकुवा गरेका छन्।
शुक्रबार कञ्चनपुरमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अब त गठबन्धन, सटबन्धन गयो। मंसिर ४ गतेसम्म मात्रै गठबन्धन रहन्छ। त्यसपछि रानी नभएको मौरीहरू टोकाटोक गरेर सिद्धिनेवाला छन्।’
ओलीको सम्बोधनमा क्रममा सहभागीहरूले एमसीसीको विषयमा हल्ला गरेपछि उनले यो विषय गठबन्धनको भएको बताए।
‘एमसीसी गठबन्धनले उठाए। उनीहरूले नै पास गरें। अब उपरान्त बीचमा नउठाउनुहोला!,’ रिसाउँदै उनले भने, हामीसँग किन सोध्नुहुन्छ? गठबन्धनलाई सोध्नुहोस्!’ नेपाल लाइभ
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार