July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

केपी ओलीकाे नेतृत्वमा राष्ट्रवादी सरकार बन्छ : कमल थापा

कात्तिक १८, २०७९,मकवानपुर

नेकपा एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा राष्ट्रवादी सरकार बन्ने बताएका छन् ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटीले हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा पदमपाेखरीमा आयाेजना गरेकाे प्रचारप्रसार कार्यक्रममा बाेल्दै राप्रपा नेपालका अध्यक्ष थापाले निर्वाचनपछि ओलीकाे नेतृत्वमा राष्ट्रवादी सरकार बन्ने उद्घाेष समेत गरेका छन् ।

मकवानपुरकाे विकासमा याेगदान दिँदै आएकाे एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरकाे विकासले गति लिने भएकै कारण आफू सूर्य चिह्नबाट उम्मेदवार बनेकाे थापाले बताए । ‘मुलुकमा राजनैतिक स्थायित्वका लागि पनि राष्ट्रवादी शक्ति एकजुट हुनु आवश्यक छ,’ थापाले भने ।

कार्यक्रमका प्रदेश सभाका उम्मेदवार एकालाल श्रेष्ठले एमालेका उम्मेदवारहरू जिल्लाकाे विकासकाे संकल्प बाेकेर चुनावी प्रतिस्पर्धामा आएकाे बताए । चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारसहित एमालेका नेताहरू मतदाताकाे घरदैलाेमा पुग्दा दही सगुन खुवाएर माला र खादाले स्वागत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डाेरमणि पाैडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले पदमपाेखरीकाे विकासका लागि एमालेकाे नेतृत्वमै सरकार बन्नुपर्ने बताएका छन् ।

इकागज |