काठमाडौं ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ३० वर्षमुनिका युवा उम्मेदवार शून्यजस्तै छ ।
राजनीतिमा युवाको सहभागिता हुनैपर्छ भन्नेदेखि नो नट अगेनजस्ता चर्चा व्यापक छन् । तर सांसदमा सहभागिता हुने सम्भावना भने लगभग शून्य हुने अनुमान उम्मेदवारी दर्ताबाटै हुन्छ । किनभने देशभर २ हजार ५३१ प्रतिनिधिसभका उम्मेदवार छन् तर ३० वर्षमुनिका उम्मेदवार १८० जनामात्र छन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार भएका उम्मेदवार पनि साना दल र स्वतन्त्रमात्र छन् । त्यसैले युवाको सहभागिता हुनैपर्छ भन्ने आवाज सामाजिक सञ्जाल र चिया गफमै सीमि नहोला भन्न सकिन्न । वा अर्को निर्वाचन पर्नैपर्ने देखिन्छ ।
प्रमुख राजनीतिक दलले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को निर्वाचनभन्दा थप घटेको हो । आयोगका अनुसार यस पटक प्रतिनिधिसभा सदस्यमा २५ देखि ४० वर्षसम्म उमेर समूहका ७८३ जना र २५ वर्षका १७ जना छन् ।
तालिकामा हेर्नुस् युवा उम्मेदवाहरूको नामावली :–
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार