काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको छ।
शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।
शनिबार आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य पदमै रहेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको भन्दै खारेज गरेको थियो।
कार्कीले काउन्सिलको सदस्यलाई आयोगले लाभको पदका रुपमा व्याख्या गरेको थियो।
तर न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय बदर गर्दै कायम गर्न अन्तरिम आदेश दिएको थियो।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार