July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडा नगरपालिकाको सहयोगमा ‘फिटनेस क्लब’ स्थापना

रौतहट ७,कार्तिक
हिन्दुहरुको महान पर्व शुभ-दिपावलीको अवसर पारेर गरुडा नगरपालिकाको आर्थिक सहयोगमा गरुडा नगरपालिकाले ‘फिटनेस क्लब’ संचालनमा ल्याईएको छ । नगरपालिकाका युवाहरुको स्वास्थ्यलाइ ध्यान दिदै नगरपालिकाको अगाडी पट्टी रहेको भवनमा ‘फिटनेस क्लब’को स्थापना गरि संचालनमा ल्याईएको हो ।
‘फिटनेस क्लब’को उद्घाटन गर्दै गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद जयसवालले युवाहरुको शारिरिक सुगठन तथा अनुशासित यूवाको रुपमा रुपान्तरण गरिन क्लवको स्थापना गरिएको बताए । युवाहरुको सुझाव र माग भए लगतै जिम क्लवको स्थापना गरिएको उनले सुनाए ।
“मानिसलाई स्वस्थ रहन व्यायाम अति नै आवश्यक हुने भएकाले दिगो स्वास्थ्य जीवनका लागि फिटनेस क्लब उपयोगी हुने विश्वास छ । फिटनेस क्लबको सञ्चालनले यस भेगका नागरिकलाई व्यायाम गर्न सहज हुने छ, उनले भने” ।
कार्यक्रममा गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादवले युवाहरुको मागलाई सम्बोधन गरि जिम क्लवका विभिन्न सामाग्री खरिद गरिएकाले सहि सदुपयोग गर्न सुझाव दिए । रौतहटमै पहिलो पटक यति सुविधा सम्पन्न आधुनिक जिम क्लवमा जिम गरेर शरीरलाई स्वस्थ राख्ने धेरैको चाहना क्लबबाट पूरा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपमेयर पुनम चौधरी,वडा न.१ का अध्यक्ष सेख वहाव, २ का अध्यक्ष कृष्णनन्दन सहनी,३ का अध्यक्ष अम्विका सहनी, ४ का अध्यक्ष सुनिल जयसवाल लगायत बिभिन्न समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।