July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पुर्व मन्त्री प्रभु साह र कुन्दन कुशवाहा आज पोठियाहि, भिन्डावर, उचिडिमा शुभकामना

२०७९ कार्तिक ४ गते रौतहट

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गतमा आज पुर्व मन्त्री मन्त्री तथा रौतहट क्षेत्र ३ का प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार विकास पुरुष नेता प्रभु साह आज कटहरिया नगरपालिकाको बिभिन्न छुट्टा छुट्टै तीन गाउँमा घरदैलो गरेका छन ।
रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्व मन्त्री प्रभु साह र क्षेत्र नम्बर ३(ख ) को प्रदेश सभा सदस्य स्वतन्त्र उमैदवार कुन्दन कुसवाहा आज कटहरिया नगरपालिकाको पोठियाहि, भिन्डावर, उचिडिमा जनताको बीचमा सुभ दिपावली छ्ठको शुभकामना आदानप्रदान घरदैलो तथा अन्तरक्रिया गर्नु भएका छ्न ।
उक्त अवसरमा उहाँले रौतहट क्षेत्र ३ को समग्र विकासको निमित प्रतिनिधिसभामा आफू लाई तथा प्रदेशसभा क मा केश्वराय चौधरी, ख का प्रदेश सभाका उमेदवार कुन्दन कुश्वाहा लाई आफ्नो अमुल्य मत दिएर भारी बहुमत ले बिजयी गराउन क्षेत्र बासी संग आग्रह गर्नु भयो ।
घरदैलो कार्यक्रममा नेताहरू प्रभु साह, कुन्दन कुसवाहा, कटहरियाका पुर्वमेयर सियाराम कुश्वाहा, फतुवा विजयपुर नगरपालिकाको मैयर प्रतयासि बिजय यादव निर्रबिज, त्रिभुवन साह, लगायत नेता कार्यकर्ता को सहभागिता रहेकोे थियो ।