July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सत्ता गठबन्धनका उम्मेदवार नागेन्द्र यादवले बागी उम्मेदवारसंग घरदैलो गरेपछि राैतहट ३ मा नयाँ राजनीति तरंग

राैतहट,कार्तिक ६ गते
रौतहट क्षेत्र नं ३ को राजनीतिमा नयाँ तरंग पैदा भएको छ
सत्ता गठबन्धनको तर्फबाट क्षेत्र ३ (क) का प्रदेश सांसदका उम्मेदवार नागेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका बागी उम्मेदवार ओम प्रकाश जयसवालसँग आइतवार घरदैलो कार्यक्रम गरेपछि नयाँ तरंग उत्पन्न भएको छ ।
सत्ता गठबन्धनका उम्मेदवार यादवले स्वतन्त्र उम्मेदवार जयसवालसँगै मत माग्दै घरदैलो कार्यक्रम गरेको दुबै जनाको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न अडकलबाजी हुन थालेको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीका नेता धिरज पटेल रौतहट क्षेत्र नं ३ बाट संघीय सांसद पदका लागि उम्मेदवारी दिएका छन् तर सत्ता गठबन्धनले नेकपा एमालेको टिकट अस्वीकार गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहलाई समर्थन गर्न पटेललाई दबाव दिएका थिए ।
पार्टीले स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न दबाब दिएपनि माओवादीका उम्मेदवार पटेलले साहलाई समर्थन गर्ने कुरा अस्वीकार गरी आफु चुनाव लड्नबाट एकदम पनि पछि नहटने भन्दै चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिरहेका छन ।
सत्ता गठबन्धनका प्रदेश सांसदका उम्मेदवार एवं मधेश प्रदेशसका उद्योग, पर्यटन तथा वन राज्य मन्त्री समेत रहेका नागेन्द्र यादवले गठबन्धनका उम्मेदवार धिरज पटेललाई साथ नदिई कांग्रेसका बागी उम्मेदवार जयसवाललाई नै साथ दिने तयारीका साथ उनीसँगै घरदैलो गरेको बुझिएको छ ।
राज्य मन्त्री यादवसँगै सत्ता गठबन्धनकै तर्फबाट क्षेत्र नं ३ (ख) को प्रदेश सांसदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल कुमार यादव उर्फ जितेन्द्रले पनि सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार पटेललाई साथ नदिई स्वतन्त्र उम्मेदवार जयसवाललाई नै साथ दिने बुझिएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले धिरजलाई फिर्ता हुन र अर्का स्वतन्त्र उम्मेदवार पुर्व मन्त्री प्रभु साहलाई समर्थन गर्न जिल्लाका सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गरेपनि प्रदेश सांसदका दुबै उम्मेदवार साह र धिरजलाई समर्थन गर्न अस्वीकार गरी कांग्रेसका बागी उम्मेदवार ओम प्रकाश जयसवाललाई समर्थन गर्न तयार भएका छन् ।
सत्ता गठबन्धनका नागेन्द्र र सुनिलले आफना गठबन्धनका उम्मेदवार धिरजलाई बाइपास गरी स्वतन्त्र उम्मेदवार जयसवाललाई सहयोग गर्ने उद्देश्यले जयसवालसँगै आजदेखी चुनावी मैदानमा उत्रेपछि धिरज न घरको न घाटको भएको छ ।
नागेन्द्र र सुनिलको साथ नपाउँदा धिरजलाई चुनाव जित्न मुस्किल हुने छ भने जयसवालले सहजै चुनाव जित्ने अवस्था रहेको देखिएको छ ।
निर्वाचनमा क्षेत्र नं ३ क र ख का दुबै उमेदवार नागेन्द्र र सुनिल सँगै प्रतिनिधिसभा तर्फ ओम प्रकाश जयसवाल पनि विजयी हुने पक्का जस्तै नै रहेको आम नागरिकको भनाई छ ।