July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको श्री दलित प्रावि सितलपुरका विधार्थीहरूलाई वडाध्यक्ष यादवले गरे पोशाक वितरण

मधेश खबर राैतहट,०४ गते कार्तिक
राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ को श्री दलित प्राथमिक बिधालय सितलपुरमा अध्यनरत सबै विधार्थीहरूलाई पोशाक वितरण गरिएको छ । जिल्लाकाे फतुवा विजयपुर नगरपालिका वडा २ सितलपुरमा रहेको साे बिधालयका विधार्थीहरूलाई छात्रवृत्ति स्वरूप साे पाेशाक वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच वडा अध्यक्ष अनिरूद्व राय यादव उर्फ संजयले विधार्थीहरूलाई पाेशाक हस्तान्तरण गर्नु भएको छ । बाल बिकास देखि कक्षा ५ सम्मका अध्यनरत करिब २६५ जना बिधार्थीहरू छन् । ती सबै बिधार्थीहरू
लाई शुक्रबार आज एक कार्यक्रमको आयोजना गरी बिधालयको प्रागणमा पोशाक वितरण गरिएको विधालयका प्रधानाध्यापक श्रीनारायण साहले जानकारी दिनुभयो । बाँकी रहेका बिधार्थीहरू लाई क्रमशः वितरण गर्दै जाने उनले बताए ।
बिगत पाँच वर्षदेखि राेकिएकाे छात्रवृत्ति वडा अध्यक्ष यादवले पहल गरि वितरण गराउनु भएको हाे ।
पोशाक वितरणवाट आर्थिकरूपमा विपन्न विद्यार्थीका अभिभावकलाई राहत मिलेको वडा अध्यक्ष यादवले भन्नू भयाे । कार्यक्रममा वडा अध्यक्ष यादव सँगै विधालयका प्रधानाध्यापक श्री नारायण साह,विधालय व्यवस्थापन समितिका अध्यक्ष शिवजी प्रसाद कुशवाहा,ब्रहमदेव राय यादव,जियालाल महताे , शिक्षक,शिक्षिक, गाउँका भद्रभलादमीहरूकाे रोहबरमा पोशाक वितरण गरिएको हाे ।