रामप्रवेश बैठा,राैतहट,१२ गते कार्तिक
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ ख प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाकाे नेतृत्वमा शनिबार सडक बचाउ कार्यक्रम अन्तर्गत सरसफाइ गरिएकाे छ । उनले कुनै न कुनै कार्यक्रम मार्फत जनता दर्शन तथा भेटघाट कार्यक्रमलाई निरन्तर जारी राखेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ६ फत्तेपुरमा हिन्दु नेपालीहरुको महान आस्थाको प्रतीक मानिने छठ पर्वको शुभकामना आदानप्रदान तथा सरसफाइकाे गर्ने क्रममा प्रदेश सभा स्वतन्त्र उम्मेदवार कुशवाहाले आफ्नो चुनाव चिन्ह_लालटेन र प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनाव चिन्ह (कल) चापाकल छापमा अत्याधिक मतदान गरि अपार मतका साथ विजयी गराउन हुन आम मतदाताहरु संग आग्रह गरेका छन् ।
सरसफाइ कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,यूवा नेता अंजित कुशवाहा लगायतका व्यक्तिहरूकाे सहभागीता थियोे ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।