July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटकाे मिठुअवा गाउँमा बिधायक पदका स्वतन्त्र उम्मेदवार बिवेक जयसवालकाे शुभकामना आदानप्रदान

मधेश खबर ,राैतहट,०२ गते कार्तिक
राैतहटकाे माधवनारायण नगरपालिका अन्तर्गत पर्ने मिठुअवामा बिधायक पदका स्वतन्त्र उम्मेदवार बिवेक जयसवालकाे शुभकामना आदानप्रदान गरेका छन् ।
जिल्लाको क्षेत्र नम्बर १ ख मा प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवार विवेक जयसवाल मतदाता समक्ष आफनाे चनावी एजेन्डा प्रस्तुत गर्न साे कार्यक्रम आयाेजन गरेका थिए ।
कार्यक्रमकाे अध्यक्षता स्थानीय हिरा साह कलवारले गरेका थिए भने प्रमुख अतिथिकाे रूपमा प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार जयसवाल रह्नु भएको थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै जयसवालले पार्टीका उम्मेदवारहरू लाई तपाईंहरू मतदिदै आईरह्नु भएको छ । एकचाेटी स्वतन्त्र उम्मेदवार आफूलाई देखन आग्रह गरे ।
आगामी निर्वाचनमा आफनाे पक्षमा मतदान गर्न आग्रह गर्नु भयाे । निर्वाचन आयाेगले आफूलाई टाेपी चुनाव चिन्ह दिएकाेले टाेपी छापमै मतदान गर्न आग्रह गरे ।
साे अवसरमा स्थानीय जयनारायण साह,राजकुमार साह,मुखिया बिन,संताेष साह,अत्यानन्द साह लगायत दर्जनौं स्थानीयहरूकाे सहभागीता रहेकाे थियाे ।