July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राज्य मन्त्री योगेन्द्र यादवले घरदैलो अभियानलाई तिव्रता दिदै, उनको पक्षमा व्यापक जन समर्थन ।

ओम प्रकाश यादव
गरुडा समाचारदाता
कार्तिक १ गते, रौतहट ।
आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै रौतहटका राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन ।
अहिले उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु यतिखेर विभिन्न चुनावी प्रतिवद्धता पत्र सहित आ आफना पक्षमा मत माग्न जनताको घरदैलोमा पुग्न थालेपछि रौतहटको चुनावी माहौल यतिखेर पुरै तातेको छ ।
जनता समाजवादी पार्टी र नेकपा एमालेका संयुक्त गठबन्धनका रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसदका उम्मेदवार योगेन्द्र यादवले पनि अहिले घरदैलो अभियानलाई तिव्र गतिमा अगाडि बढाएका छन् ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री समेत रहेका प्रदेश सांसदका उम्मेदवार यादवले आफना निर्वाचन क्षेत्रको माधवनारायण नगरपालिका ४ विपुनपूर्वा मानपुरबाट सोमवारदेखी घरदैलो अभियानको शुरुवात गर्दै यस क्षेत्रलाई आफुले विकसित र समृद्ध बनाउने गरेको परिकल्पनालाई पुरा गर्न आफुलाई पुन एकचोटी विजयी गराउन आम मतदाताहरुसँग आग्रह गरेका छन् ।
यसअघि आफु यसै क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित हुँदा जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार निर्माण लगाएत सबै क्षेत्रमा जनताको मन जित्ने गरी विकास निर्माणको काम गरेको र अझै थुप्रै कामहरु गर्न बाँकी रहेकोले बाँकी काम पुरा गर्न आफना पक्षमा एकपटक फेरी मतदान गरी आफुलाई विजयी बनाउनुपर्ने उनले धारणा राखे ।
समृद्ध क्षेत्र बनाउन बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।
आफु पुन दोश्रो कार्यकालको लागि निर्वाचित भएमा क्षेत्रका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने उनले बताए ।
आफुले विगत पाँच वर्षमा गरेको कामलाई हेरेर आम जनताको आफुप्रति ठुलो साथ र सहयोग रहेकोले आउँदो निर्वाचनमा आफनो जित कसैले रोक्न नसक्ने उनले दावी गरे । आफनो जित फेरी निश्चित नै हुने भएकोले निर्धक्क भई आफना पक्षमा मतदान गरी आफुलाई निर्वाचित गराउन उनले आग्रह गरे ।
संघियता, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागी एमाले जसपा गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन उनले सबैलाई आग्रह गरे ।
राज्य मन्त्री यादवले घरदैलो कार्यक्रमलाई तिव्रता दिएसंगै उहाँप्रति मतदाताहरू निकै आर्कषित भएका छन् ।