रामप्रवेश बैठा,राैतहट,०२ गते कार्तिक
राैतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहले घरदैलो अभियान सुरु गरेका छन् । बुधबारदेखि मतदाता रिझाउनका लागि गाउँ गाउँ पुग्न थालेका छन् । उनी स्वतन्त्र बाट २०७९ काे निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा उठेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए सँगै आफनाे क्षेत्रकाे टोल टोल र घर घरमा प्रतिनिधिसभा सदस्य उम्मेदवार साह र प्रदेश सांसद उम्मेदवार कुन्दन कुशवाहा पुगन थालेका छन् । निर्वाचन आयाेगले साहलाई कल छाप र कुशवाहालाई लालटिन चुनाव चिन्ह प्रदान गरेकाे हाे । चुनाव चिन्ह अंकित झण्डा लिएर,बैनरका साथ घरघरमा पुग्न थालेका छन् ।
आगामी निर्वाचनमा आफनाे पक्षमा मत तान्नका लागि उनले प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान नै सञ्चालन गरेका छन् ।
बुधबार वहाँहरू देवाही गाेनाही नगरपालिकाकाे वडा नम्बर ६ कर्कच र कटहरिया नगरपालिकाकाे वडा नम्बर ८ पिप्रा पाेखरिया टाेलमा घरदैलो अभियान सञ्चालन गर्नु भएको थियाे ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।