मधेश खबर राैतहट,३०असाेज
रौतहट जिल्लाको क्षेत्र नम्बर ३ क मा प्रदेशसभा तर्फ जसपा-एमालेका एक मात्र साझा उम्मेदवार पुजा चाैधरी मतदाता रिझाउनका लागि गाउँ गाउँ पुग्न थालेकी छिन् । उनी जनता समाजवादी पार्टी बाट २०७९ काे निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उठेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए सँगै क्षेत्र नम्बर ३ क को टोल टोल र घर घरमा प्रदेश सांसद उम्मेदवार चाैधरी पुगन थालेकी छिन् । उनकाे बुवा पूर्व मन्त्री गाेबिन्द चाैधरीकाे याेगदानकाे मूल्यांकनकाे आधारमा जनाधार बढ्दै गएको देखिन्छ ।
प्रदेशसभा सांसद बाट नै समाज परिवर्तन र तिव्र विकासका लागि आफू चुनावी मैदानमा होमिएको उनले बताएकी छिन् ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । जिल्लाको उतरी भेग क्षेत्र नम्बर ३ क को टोल टोलमा बिधायक उम्मेदवार चाैधरी चुनावी तयारी गरिरहेकी छन् ।
निर्वाचनको मिति नजिकिएसँगै चाैधरीले चुनावी प्रचारप्रसार तीव्र बनाएकी छिन् । उनले आफ्नो पक्षमा मत तान्न गाउँ गाउँ पुगीरहेकी छिन् । आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि उनले प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरेकी छिन् ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।