अशाेज २५ गते प्रेमचन्द्र झा
गाैर । चर्चित मधेसवादी नेता तथा राैतहट क्षेत्र नम्बर १( क ) बाट प्रदेश सभा सदस्य उमेदवार शम्भु सिंह सुप्रिमले प्रदेस सभा सदस्यमा आफु सुटेबुल रहेको दावी गर्नु भएकोछ ।
प्रदेस सभा सदस्य पदका उमेदवार सिंहले मंगलबार विहान पत्रकारहरुसंग कुराकानी गर्दै आफु प्रति जनताले देखाएको भव्य समर्थन बाट चुनाव जित्ने कुरामा विश्वत रहेको बोल्नु भयो । धनबल , जातबल तथा कोही कोही विभिन्न भ्रम फैलाएर चुनाव जित्ने मनसाय बनाएकाहरु जनताको आगाडी नटिक्ने दाबी गर्दै नेता सिंह आफुलाई जनताको असली सेवक बताएका हुन ।
जनता गठबन्धन मान्दैन आफुले मनपराएका जनप्रतिनिधि राेज्ज छन भन्नु हुँदै ठुलो नेताको कुर्सी र पद कसरी सुरक्षित पार्ने गरि भएको गठबन्धनको मुल रहस्य जनताले थाहा पाईसकोछ नेता सिंहले बोल्नु भयो । पत्रकारको एक प्रश्नको जवाव दिदै नेता शम्भु सुप्रिमले “पत्रकार मेरा सरका ताज है” बोल्नु भयो । हरदम न्यायका पक्षमा वकालत गर्ने पत्रकारले मेरो पनि मुल्यांकन गर्नु हुनेछ वहाँले विश्वास व्यक्त गर्नु भयो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय