April 17, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

यूवा नेता विवेक जयसवालकाे प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवारी

राम प्रबेश बैठा राैतहट,२५ गते असाेज
यूवा नेता विवेक कुमार जयसवालले प्रदेशसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर १ ख मा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ गंगापिपरा निवासी नेता समेत रहेका उनले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । देशभर परिवर्तनकाे लहर चलेकाेले आफू स्वतन्त्र रूपमा उम्मेदवार दर्ता गराएकाे उनले बताएका छन् ।