May 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटकाे क्षेत्र नं ३(क) बाट राज्यमन्त्री नागेन्द्र यादवले गराए मनाेनयन दर्ता

रामप्रवेश बैठा राैतहट,२३ गते असाेज
मधेस प्रदेश सरकारका निवर्तमान उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादवले प्रदेशसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर ३ क मा उमेदवारी दर्ता गराएका छन् ।
यादवले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालय कटहरियामा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता यादव चार दलिय सत्ता गठबन्धनकाे तर्फ उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । यादव २०७४ सालकाे प्रदेश सभा निर्वाचनमा विजयी हुनु भएको थियो ।
मनाेनय दर्ताकाे क्रममा कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे,फतुवा बिजयपुरका मेयर प्रत्यासी अरविन्द यादव ,बुधाई खाँ लगायतका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे यादवका स्वकीय सचिव नेता ऋषि तिवारीले जानकारी गराउनु भएको हाे ।