July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको क्षेत्र नं ३ को एमालेमा टिकट नपाएपछि केशव राय चाैधरीले गराए स्वतन्त्र रूपमा मनाेनयन दर्ता

राैतहट,२३ गते असाेज
एमालेमा टिकट नपाएपछि यूवा नेता केशव राय चाैधरीले प्रदेशसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर १ क मा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
चाैधरीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालय कटहरियामा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
गुजरा नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रहेका चाैधरीले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । नेता चाैधरीले नेकपा एमालेले टिकेट दिए चुनाव लड्ने मनसायमा रहेका थिए । एमाले र जसपा बिच गठबन्धन भएपछि उनी टिकट बाट बञ्चित भएका हुन् । अन्ततः उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।