July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र कैयौं घाइते

बारा २० गते असोज
बारा जिल्लामा आज अन्दाजी १०:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२२को ३ नं.पुल स्थित नारायणगढबाट बिरगंज तर्फ आउँदै गरको बा.प्र.-०६-००१ ख ०११० नं.को बस आफै अनियन्त्रीत भई सडकको बाँया साईटबाट १५/२० मिटर तल खसेको र उक्त बसमा अन्दाजी ३५/४० जना सवार मध्ये १४जनाको मृत्यु र १५ जना गम्भिर घाइते र अन्य सामान्य घाइते समेतलाई उपचारको लागी हेटौडा तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। बसका चालक हाल सम्पर्कमा नरहेको प्रवक्ता थापाले बताउनुभयो ।बस घटनास्थलमा नै रहेको र उक्त स्थानमा ई.प्र.का सिमाराबाट प्र.ना.उ र ई.प्र.का.अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा ३० जना प्रहरीको टोली खटि गएको पनि प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो।उक्त स्थान ई.प्र.का.अमलेखगंजबाट ४ कि.मि उत्तर पर्ने,अन्य विवरण अाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।
निम्न ;-
मृत्यु हुनेको संख्या ;- हाल सम्म पुरुष ९ जना र महिला ५ जना गरी जम्मा १४ जना बुझिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यति ठुलो मानिसको मृत्युको घटनाले बाराबासी दुखित भएका छन् ।विभिन्न संघ ,संस्था तथा राजनीति दलले दु:ख प्रकट गर्न थालेका छन् ।लोसपाका यूवा नेता अशोककुमार यादवले यो घटनाले अाफूलाई मात्र नभई बाराबासीलाई दुखित तुल्याएको बताउनुभयो।बारामा यति भयानक दुर्घटना भएको अहिले सम्मको ठुलो दुर्घटना भएको बताईएको छ ।