राैतहट,असाेज २१ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले तत्काल आफनाे व्यक्तिगत खर्चबाट सडकमा ग्राभेल बिछ्याउने काम गरेका छन् । यादवले सितलपुर-साेनरनिया सडकखण्डमा फतुवा बिजयपुर नगरपालिकाकाे सिमा सम्म ग्राभेल बिछ्याउने काम गरेका हुन् ।
साे सडक कालेपत्र भएपनि ठाउँ ठाउँ फुटेर खाल्डाे भएको छ । खाल्डो भएको कारण आवतजावत गर्न निकै समस्या भईरहेकाे थियोे । त्यसकै मध्यनजर गरि वडा अध्यक्ष यादवले जनताको समस्या बुझि ग्राभेल गराएका हुन् ।
उक्त सडकमा कालोपत्रकाे नाउँ लाखौंको बजेट सकाएपनि बाटाे जिर्ण अवस्थामा पुगेकाे थियाे । त्यति खर्च हुँदा पनि सडककाे सुधार नभएपछि उनले पछि नगरपालिका बाट मिनहा हुने गरि तत्काल आफैले खर्च गरेको उनले बताए ।
नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष यादवले उक्त सडकमा असाेज १७ गते बाट ग्राभेल हाल्ने काम सुरु गरेका हुन् । मंगलबार मात्रै दर्जनौं ट्रिप ग्राभेल सडकमा बिछ्याईएकाे छ ।
खाल्डो भएको सडकमा हिलाम्मे भएपछि सवारीसाधन र पैदलयात्रीलाई समस्या परिरहेकाे थियाे । चाडपर्वकाे बेलामा आउजाउ गर्ने स्थानीयहरूलाइ यात्रामा सहजता दिलाउन बिग्रेको सडकमा ग्राभेल बिछ्याएर सडक सुधार गरेको यादवले बताए ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह