November 27, 2023

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया वडा नं. १ भसेढवाको वडा भेला सम्पन्न

रौतहट,२७ गते २०७९
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ को वडा भेला आईतवार भसेढवामा सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०७९/०८० का लागि वडा स्तरिय योजना छनाैट गर्न भेला बाेलाईएकाे थियाे । वडा कार्यालयले वडा भेलाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि योजना छनौट भेला गरेको हो । वडा अध्यक्ष भूपेन्द्र महताेको अध्यक्षतामा आज समपन्न वडा भेलाले अगामी आर्थिक बर्षको लागि योजना छनौट गरेको हो ।
यस वर्ष कटहरिया नगरपालिकाले वडा नम्बर १ मा १५ लाखको सिलिङ्ग छुट्टयाएको छ । त्यसै सिलिङ्ग अन्तर्गत वडाको योजनाहरु छनौट गरिएको वडा सचिव रामजिवन साहले जानकारी गराए । वडा स्तरीय योजनाहरुमा विभिन्न योजनाहरु रहेका छन् ।
भेलामा बोल्दै वडा अध्यक्ष महताेले वडावासीकाे चाहना अनुसार याेजनाहरू छनाैट गरी अगाडी बढने बताए । भेलामा बोल्ने स्थानीयहरुले योजना छनोट गर्दा सबैलाई समेट्ने गरी ठाेस काम गर्नुपर्ने बताएका थिए ।
सहभागीहरुले आगामी दिनमा उक्त वडाको समग्र बिकासका लागि गर्नुपर्ने कामका बारेमा बिभिन्न सुझावहरु समेत दिएका थिए । भेलामा वडा सदस्यहरु सतलाल दास,सुरेश राय यादव,महिला वडा सदस्य शान्ति कुमारी,दलित महिला वडा सदस्य रेखा कुमारी,मावि भसेढवाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादव,वडा प्रत्यासी विजय यादव,विभिन्न राजनितिक दलका प्रतिनिधी,स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।