भदाै२८ गते
प्रेमचन्द्र झा रौतहट
रौतहट । सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर एच मिडिया नेपालको आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमी विधालय कि जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सात कि जेशिका साह प्रथम भयकि उक्त प्रतियोगितामा कुल १७ जना सह्भगि छात्र ,छात्रा मध्ये ईनटरनेसनल बाल एकेडमी
विद्यालय प्रथम हुन पुगेको हो ,दोस्रोमा माबि ५ का अबिनिस यादब ,र तेस्रो मा मित्र मेमोरियल विधालयका आर्यन गुप्ता हुनु भयो । आयोजक संस्थाका अध्यक्ष
सावन यादवको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह ,लगायत विशिष्ट अतिथिमा नेपाल पत्रकार महासङका अध्यक्ष शैलेन्द्र गुप्ता जसपाका युवा नेता ललन यादवको उपस्थिति रहेको थियो।हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो ।नगर प्रमुख साहले प्रतियोगिताले बाल बालिकाको बोल्ने शक्ति तथा क्षमतामा ठुलो सहयोग पुग्ने कुरामा विश्वास प्रकट गर्नु भयो ।सो प्रतियोगितामा अभिभावक र विधार्थीको सहभागिता रहेको थियो ।एसएसआर मिडिया नेपाल प्रा.लि. ले ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएका थिए ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड