July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्वर्गीय मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार मिश्रलाई प्रदान

मधेश खबर रौतहट,भदौ २४ गते

रौतहटमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रको नायव कार्यकारी सम्पादक विवेकानन्नद मिश्रलाई प्रदान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बिच सो पुरस्कार प्रदान गर्नु भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको जिल्लाको मध्य भाग गरुडामा सो कार्यक्रम आयोजन गरिएको थियो ।
पच्चिस हजार धनराशी रहेको उक्त पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ रौतहट शाखाले मिश्रको नाम छनौट गरेर आज वितरण गरिएको छ । सोृपुरस्कारको पहिलो संस्करण पाउने व्यक्ती मिश्र बनेका छन् ।
महासंघका शाखा सभापति प्रेमचन्द्र झाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्नभएको थियो ।
सो अवसरमा मधेश प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव, गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवाल, गौर नगरपालिकाको प्रमुख शम्भु साह, गरुडा नपाको उप प्रमुख पुनम चौधरी र नेपाल पत्रकार महासंघ रौतहट शाखाको उपाध्यक्ष प्रविन कुमार शर्मा सचिव मदन ठाकुर र बिभिन्न संचारकर्मी लगायतका बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।