आरके श्रीवास्तव,रौतहट,२४ गते भदौ
रौतहटको कटहरियामा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरिया टोलमा वडा कमिटी गठन गर्नका लागि भेला बोलाइएको थियो ।
एसमाजवादी रौतहट द्धारा सञ्चालित १ महिने सुदृढिकरण अभियान २०७९ अन्तर्गत जिल्लामा धमाधम कमिटीहरु पुर्नगठन गर्न लागिएको हो । गठित वडा कमिटीको अध्यक्षमा रामविश्वास यादव,सचिव सुरेश यादव,रामसेवक यादव,समसुल आलम सहित २३ सदसिय वडा कमिटी गठन भएको प्रदेश कमिटि सदस्य राधामोहन यादवले जानकारी गराउनु भएको हो ।
त्यस्तै यूवा कमिटिको अध्यक्षमा गणेश यादव अध्यक्ष, उपाध्यक्ष संजिप यादव, सचिवमा इमरित भण्डारी सहित ११ सदसिय गठन गरिएको छ । महिला कमिटिको अध्यक्षमा शारदा देवि,उपाध्यक्ष शैल देवि यादव,सचिव पुनम देवी यादव,रजिया देवी सदस्य सहित ११ सदसिय कमिटि गठन गरिएको यादवले बताए ।
यता कटहरिया वडा नम्बर ३ मा पनि कमिटि गठन गरिएको छ । गठित कमिटिको अध्यक्षमा अबुलेश आलम,उपाध्यक्ष हरेन्द्र साह,सचिवमा साजिद आलम १३ सदसिय गठन गरिएको छ । कार्यक्रमको अधयक्षता जवाहर मियाले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा एसमाजवादीका पोलिट ब्यूरो सदस्य रोजूदिन आलम रह्नु भएको थियो । नव गठित कमिटीका पदाधिकारीहरुलाइ सपथग्रहण समेत गराइएको उनले बताए ।
सो अवसरमा प्रदेश कमिटि सदस्य यादव सँगै कटहरिया एसमाजजादीका नगर संयोजक राजदेव सहनी सहितका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
More Stories
प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘बारा जिल्लामा भन्सार नाका किन छैन ?’
प्रधानमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘वैदेशिक रोजगारमा ठगिएका युवाहरुले आफ़नो पैसा फिर्ता कहिले पाउँने ?’
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’