राम प्रबेश बैठा ,रौतहट,२४ गते भदौ
रौतहटमा श्रोत नखुलेको नेपाली रुपैया सहित १ जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नम्बर १ पटेल टोला बस्ने अन्दाजी बर्ष ४५ को लक्ष्मि कुमार साह रहेका छन् ।
बिहिवार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर १ स्थित गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगिनियाबाट गौर तर्फ पैदल आउँदै गरेका साहलाइ पक्रेको हो ।
उनको साथबाट प्रहरीले श्रोत नखुलेको नेपाली रुपैया ४,९५,०००÷–(चार लाख पन्चानव्वे हजार) फेला पारेका छ । आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी गराउनु भएको हो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान