July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पुर्व मन्त्री प्रभु साह को बिषेस पहल बाट ३ करोड ८४ लाख ८७ हजारको लागतमा निर्माण भएको भवन उदघाटन

राम प्रबेश बैठा १६ गते रौतहट

रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया गाउँ स्थित श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे र अर्कों साइडमा ८ कोठे भवनको आज आयोजित एक विशेष कार्यक्रम समारोहका बीच हर्षोल्लास पूर्वक सभ्य एवं भव्य रुपमा उद्घाटन सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि लोक प्रिय पुर्व मन्त्री प्रभु साह नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेम लाल साह कानु एमालेका नेता मनोज राय यादव लगायत बिभिन्न पार्टी प्रतिनिधिहरू नेता कार्यकर्ता संचारकर्मी तथा शिक्षक शिक्षिका बिद्यार्थी भरभलादमीको रोहबारमा र कलाकारहरुको सहभागिता रहेको थियो साथै नगर प्रमुख रिना कुमारी साह को अध्यक्षतामा पुर्व मन्त्री साह ले भन्नुभयो समाजिक विकासको मेरुदण्ड शिक्षा क्षेत्रलाई माथि उकास्न तथा निकट भविष्यमा मौलापुरलाई एउटा शिक्षाको हब समेत बनाएर देशमैं मौलापुरलाई एउटा स्मार्ट नगरको रुपमा विकास गर्ने रणनीतिक उद्देश्यका साथ अगाडि बढिरहेको मौलापुर नपाको विशेष सहयोगमा निर्मित यी र यस्ता संरचनाहरुले रौतहट जिल्लाको पिछडिएको शिक्षा क्षेत्रमा गुणात्मक सुधार हुने गहिरो अपेक्षा एवं विश्वास सहित तपाई सम्पूर्ण लाभग्राही, शिक्षा तथा विकासप्रेमी आदरणीय जनसमुदायमा एकमुष्ट हार्दिक बधाई समेत व्यक्त गर्नुभएको पूर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाको सहयोगमा निर्मित श्री जनता मावि सोनरनियाको २० कोठे २ वटा विद्यालय भवनको उद्घाटन एक भव्य समारोहका बिच पूर्व मन्त्री प्रभु साह ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा हजारौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, पत्रकार एवं आम जनसमुदायको उपस्थिति थियोे ।
#भवनका_मुख्य_मुख्य_विशेषताहरु :
१. योजनाको नाम: श्री जनता मावि सोनरनियाको भवन
निर्माण
२. स्थान : मौलापुर-८, सोनरनिया
३. डिजाइन : आर.सि.सि. फ्रेम स्ट्रक्चर्ड
४. प्लिन्थ एरिया : ४०८४.८१ व.फी. (०-१-२.४)
: ३११३.७३ व.फी.(०-०-१७)
५. कक्षा कोठा : ८ गोटा (ब्लक A )
: १२ गोटा(ब्लक B )
६. योजना शुरु : २०७७/०७८
७. योजना सम्पन्न : २०७९/०८०
८. लागत अनुमान:
क.भवन निर्माण : ८४ लाख ८७ हजार ४ सय ५०
(A ब्लक को दोश्रो तलाको ४कोठा)
: २ करोड ९ लाख (B ब्लक)
ख.प्रांगण
पक्किकरण,
सौन्दर्यिकरण
एवं अन्य कार्य : २५ लाख
ग. नयाँ कम्पाउण्ड
बाल निर्माण : ४२ लाख
घ. कुल लागत : ३ करोड ८४ लाख ८७ हजार ४ सय ५०
#नगरपालिकाबाट_अन्य_सहयोग
१. आर्थिक वर्ष ०७५/०७६ मा ८० सेट बेन्च डेस्क उपलब्ध
२. आर्थिक वर्ष ०७५/०७६ मा २५ थान र आ.व. ०७८/७९
मा ३० थान गरि ५५ थान ल्यापटप विद्यालयलाई उपलब्ध
३. आ.व. २०७४/०७५ मा माननीय प्रभु साहको सहयोगमा
४५ थान साइकल छात्राहरूलाई वितरण
५. नगरपालिकाले निजि श्रोतबाट मा.वि. तहको अंग्रेजी,
गणित र विज्ञान विषयका ३ जना सहयोगी शिक्षक नियुक्त
#स्मरण_रहोस् , मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह ज्यूको प्रथम कार्यकालमा मौलापुर नगर क्षेत्र भित्र १० वटा शैक्षिक संस्थाका लागि २० वटा भवन निर्माण अन्तर्गत १०६ वटा कोठा निर्माण भएका छन् ।
#पुनश्च: माथी उल्लेखित उपलब्धीहरु माननीय प्रभु साह र नगर प्रमुख रिना कुमारी साह ज्यूको शिक्षा प्रतिको गम्भीरता र विकास प्रतीको लगावको उपज हो ।