July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्वास्थ्य चाैकी सितलपुरमा स्वास्थ्यकर्मी अनुपस्थित हुँदा सेवाग्राही मर्कामा

मधेश खबर ,राैतहट,१६ गते २०७९
राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाकाे एक वार्डमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी जानकारी नदिई अनुपस्थित हुने गरेका छन् । साे नगरपालिकाकाे वडा नम्बर २ सितलपुरमा रहेकाे स्वास्थ्यकर्मीहरूकाे यस्ताे लापरबाही देखिएकाे हाे ।
स्वास्थ्य चाैकीमा अहेब ३ जना, एचए १ ,अनमी १ जना रहेका छन् । स्वास्थ्यकर्मी र कर्मचारी स्वास्थ्य चाैकीमा नआई घरमा नै बसेर सरकारी तलब भत्ता लिँदै आएको खुलेको छ।
साे वडाका वडा अध्यक्ष अनिरूद्व राय यादव सहितकाे टाेलीले अकस्मात् गरेको छड्केका क्रममा स्वास्थ्य चाैकीका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारी अनुपस्थित रहेको पाइयो । वडा अध्यक्ष यादव नेतृत्वमा खटिएको टोलीले स्वास्थ्य चाैकीमा छड्के गर्दा ५ जनामध्ये २ स्वास्थ्यकर्मी मात्र उपस्थित रहेका थिए ।
यस्तै फतुवा विजयपुर नगरपालिकाकाे स्वास्थ्य शाखालाई जानकारी नगराई स्वास्थ्य चाैकीमा अनुपस्थित थिए ।बिहान दश बजेदेखि नै स्वास्थ्य चाैकीमा उपस्थित हुनुपर्नेमा ११ बजे छड्के गर्दा ३ जना स्वास्थ्यकर्मी गयल (अनुपस्थित) थिए । साे स्वास्थ्य चाैकीकाे ईन्चार्ज नै अनुपस्थित थिए । स्वास्थ्यकर्मीहरू सँग बुझदा ईन्चार्ज तालिममा गएकाे जवाफ दिए ।
छड्के चेकका क्रममा अनुपस्थित स्वास्थ्यकर्मी र कर्मचारीको हाजिरी रजिस्टरमा रातो मसी लगाइएको वडा अध्यक्ष यादवले बताए । उनीहरूलाई विभागीय कारबाही गर्न नगरपालिकाकाे स्वास्थ्य शाखालाई पत्राचारसमेत गरिने उनले बताए ।
बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म स्वास्थ्य चाैकीमै अनिवार्य बस्नुपर्ने भए पनि अधिकांश स्वास्थ्यकर्मी बिहान ११ बजेपछि आउने गरेकाे स्थानीयहरू बताउँछन् । स्थानीय

साेही स्वास्थ्यचाैकीमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी अनमी शिला कुमारी यादव भने महिनामा केही दिन मात्रै आएर महिनाभरिको हाजिर एकै पटक गरेर जाने गरेको पनि स्थानीयहरूले आराेप लगाउने गरेका छन् ।
यता यस विषयमा स्वास्थ्य चाैकी ईन्चार्ज रमेश यादव सँग साेध्दा आफू तालिममा रहेकाे भन्दै आफनाे बचाउ गर्न खाेजेका थिए ।
यस विषयमा फतुवा विजयपुर नगरपालिकाका स्वास्थ्य संयाेजक रघुनाथ साह सँग साेध्दा स्वास्थ्यकर्मीहरूकाे बचाउ गर्न खाेजेका थिए ।