July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहट-३ को लागि एसमाजवादी बाट प्रतिनिधि सभा र प्रदेश सभामा   यादवको एकल नाम सिफारिस

आरके श्रीवास्तव,राैतहट, भाद्र १८ गते
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकाे राैतहट क्षेत्र नम्बर ३ को क्षेत्रिय समितीको भेला आज भसेढवामा सम्पन्न भएको छ । एसमाजवादीकाे क्षेत्रिय पार्टी अगुवा कार्यकर्ता भेला शनिवार सम्पन्न भएको हाे । एसमाजवादीका पाेलिट ब्युरो सदस्य राेजुदिन आलमको अध्यक्षतामा सम्पन्न भेलाले क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको लागि नागेन्द्र राय यादवको एकल नाम सिफारिस गरेको छ । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र यादव रह्नु भएको थियाे ।
क्षेत्र नम्बर ३ का सम्पुर्ण नेता कार्यकर्ताहरुको प्रस्तावमा यादवको एकल नाम सिफारिस गरेको कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र महताेले जानकारी गराउनु भयाे ।
मंसिर ४ गते हुने चुनावको लागि राैतहट क्षेत्र नम्बर ३ मा यादवको नाम सर्वसहमतिले पारित भएको बताए ।
प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ क मा नागेन्द्र राय यादवकाे नाम सिफारिस भएको छ । प्रदेश सभाकाे
समानुपातिक तर्फ रामईश्वर चाैधरी,सकिला खातुन,निशा कुमारी,बुधाई खाँ र रिना कुमारी चाैधरीकाे नाम पठाईएकाे हाे ।
त्यस्तै राैतहट क्षेत्र नम्बर ३ ख मा समिना हुसैन,कमल राय यादव,रामभराेस यादव प्रत्यक्ष तर्फ सिफारिस भएका छन् भने प्रदेश सभा समानुपातिक तर्फ राधामाेहन यादव,राजदेव सहनी,सुनिता यादव,रामबाबु यादवकाे नाम सिफारिस भएको छ ।
साे अवसरमा एसमाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव ,गरूडा नपाका मेयर प्रत्यासी ब्रिजकिशाेर यादव,नेता कलिमुलाह अन्सारी,साेबिन्द्र चाैधरी,सुरेन्द्र साह लगायत सयौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे राज्यमन्त्री यादवका सहयोगी ऋषि तिवारीले जानकारी गराउनु भयाे ।