July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गौरमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा पुर्व प्रधानमन्त्री केपी ओलि को आगमन ले जनता को मनोबल दोवर

बैशाख २३, रौतहट ।

आज रौतहटमा दुई स्थानमा आयोजित विशाल चुनावी सभा भव्यताका साथ सम्पन्न भएको छ । साे कार्यक्रममा प्रमुख पार्टीका श्रद्धेय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री जननायक क. केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा र बिशिष्ट अथिति पुर्व मन्त्री प्रभु साह जिल्लाको दक्षिणी भेगमा अवस्थित सदरमुकाम गौर तथा उत्तरी भेगको शहर चन्द्रपुरमा आयोजित चुनावी सभा हजारौँ जनसमुदायको सहभागिताका साथ सम्पन्न भयो ।

देशमा पाँच दलीय गठबन्धनले मच्चाएको लुट आतंक, भ्रष्टाचार एवम् त्रासको अन्त्य गर्न स्थानीय तहदेखि नै नेकपा एमालेको नेतृत्वमा सरकारको गठन गर्नुको विकल्प छैन । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पुरा गर्न एवम् वर्षौँदेखि पछाडि पारिएको र क्रमश: उठ्ने कोशिस गरिरहेको रौतहट जिल्लाको समग्र विकास नेकपा एमालेले मात्र गर्न सक्छ भन्ने संदेश आजको सभाको विशाल उपस्थितिले दिएको छ । जिल्लाको १८ वटै पालिकामा जीतको लागि अग्रमोर्चामा रहेको पार्टी पंक्तिलाई अध्यक्ष क. ओलीज्यूले गर्नुभएको मार्गनिर्देशनले थप उर्जा प्रदान गरेको छ । सभालाई भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न आ-आफ्नो स्थानबाट भुमिका खेल्नुभएका सम्पूर्णमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ